युनाईटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

काठमाडौं, ९ माघ । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । नवनियुक्त अध्यक्ष श्रेष्ठले माघ ९ गते बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट सपथ लिर्ई पदभार ग्रहण गरेका छन् । उनी यस कम्पनीको संस्थापक सेयरधनी एनई ग्रुप प्रालिका अध्यक्ष समेत हुन् । ।

अध्यक्ष श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सहायक मन्त्री र नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेतको जिम्मेवारी वहन गरिसकेका छन् । देशको अर्थतन्त्रप्रति गहिरो रुची राख्ने अध्यक्ष श्रेष्ठ नेपालको निजी क्षेत्रको प्रतिविम्ब मानिन्छन् ।

अध्यक्ष श्रेष्ठले कम्पनीलाई पूर्ण व्यवसायिक रुपमा अगाडि बढाउन आफु प्रतिवद्ध रहेको बताएका छन् । कुशल व्यवस्थापकीय क्षमताका कारण समाजमा ख्याती कमाएका श्रेष्ठले संचालक समिति र सम्पूर्ण सेयरधनीहरुबीचको सम्बन्ध विस्तार गरि युनाईटेड ईन्स्योरेन्सलाई देशकै उत्कृष्ट बीमा कम्पनीका रूपमा स्थापित गर्ने कम्पनीको विश्वास रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here