मौसम बदली: कस्तो रहन्छ आगामी तीनदिन ?

काठमाडौं, १० माघ । देशका विभिन्न स्थानको मौसम बदली भएको छ।

न्युनचापिय प्रणालीका कारण अहिले तराईका अधिकासं र मध्य पुर्व र पश्चिम पहाडका केहि स्थानको मौसम बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज विहान २ दशमलव ८ डिग्री सेल्सियस मापन भएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ १० गते (शुक्रबार)

दिउँसो : देशको पुर्वी भू-भागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बादली रही बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

रातीः देशको पुर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बादली रही बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ ११ गते (शनिबार)

दिउँसो : देशका अधिकांस स्थानमा आंशिक बदली रहनेछ ।

रातीः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि स्थानमा सामान्यतया सफा रहनेछ।

माघ १२ गते (आइतबार)

दिउँसो : देशको मध्य र पुर्वि भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि स्थानमा आंशिक बादली रहनेछ।

रातीः देशको मध्य र पुर्वि भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि स्थानमा आंशिक बादली रहनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here