वायुसेवा निगमको इतिहासमै एकैपटक २५ पाइलटको सामूहिक राजीनामा

काठमाडौं, १० माघ । नेपाल वायुसेवा निगमको इतिहासमै पहिलोपटक दुई दर्जनभन्दा बढी पाइलटले सामूहिक राजीनामा बुझाएका छन् ।

व्यवस्थापनका कारण निगम धराशयी भएको तथा विदेशी र नेपाली पाइलटबीच सेवा–सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरूले राजीनामा बुझाएका हुन् ।

विदेशी पाइलट र स्वदेशी पाइटलबीच सेवा सुविधामा विभेद गरिएको,व्यवस्थापनका कारण निगम धरासायी भएको राजीनामाको कारणमा उल्लेख गरेका छन् ।

अन्तर्राष्ट्रिय उडान भर्ने निगमका चार जहाजका ४० पाइलटमध्ये ९ माघमा २५ जनाले सामूहिक राजीनामा दिएका छन् ।

राजीनामा बुझाउनेमा वाइडबडीका तीन र न्यारोबडीका २२ पाइलटसहित २५ जना छन् । निमगमा अहिले १३ जना विदेशी पाइलट छन् ।

सामूहिक राजीनामा दिनेमा अरबिन पहाडी, श्रवण रिजाल, सुवास रिजाल, प्रदीपराज भण्डारी, प्रचण्ड खड्का, आरदेवी राणा, सोनी राणा, प्रशान्त राई, अमूल्या शाक्य, महेश्वरमान डंगोल, एनबी विश्वकर्मा, एलबी थकाली, आरके शेरचन, सञ्जय पौडेल, मुकेशकुमार गुप्ता, सुनील श्रेष्ठ, समजकुमार श्रेष्ठ, रमण घिमिरे, श्यामकृष्ण देवाचू, भोविन कठायत र नगेन्द्र भट्टराई रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here