‘क्यास लेस’ बन्दै भन्सार, सम्पूर्ण कारोबार डिजिटल प्रणाली मार्फत

काठमाडौं, १० माघ । सरकारले भन्सार कार्यालयलाई स्मार्ट बनाउने प्रक्रिया सुरु गरेको छ।

६८ औं भन्सार दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्समा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राजस्व सचिव शिशिर कुमार ढुङ्गानाले अबको आर्थिक वर्षबाट भन्सारमा हुने कारोबार डिजिटल प्रणाली मार्फत गर्दै भन्सारका सबै गतिविधी क्यास लेस सिस्टमबाट हुने बताए ।

अब आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत हुन्छ, पहिले पहिले भन्सारमा नगदी रसिदमा पैसा तिरेर जाँच पास हुन्थ्यो । अहिले सबै भन्सारमा बैंक सिस्टममा भुक्तानी हुन्छ । भन्सार प्रशासनले क्यास कारोबार गर्दैन उनले भने ।

‘प्राय सबै स्थान क्यास लेस भइसक्यो, भन्सार क्यास लेस नहुँदा धेरै समस्या भईरहेको छ’ अबको प्रमुख लक्ष्य भन्सारलाई क्यास लेस बनाउनु हो, र यो काम अर्को आर्थिक वर्षबाट नै हुने उनको भनाई थियो । ’ हाल भन्सार विभागमा आर्थिक करोबार बैंकबाट हुन्छ ।

कार्यक्रममा बोल्दै चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले देशको अर्थतन्त्रमा सहयोग पुर्याउदै आएका व्यापारीहरुले भन्सारमा भोगिरहेका समस्याहरुको समाधान सरकारले गर्नुपर्ने बताए ।

‘हामीले सरकारलाई जिम्मेवार व्यापारीको रुपमा कर तिर्दै आएका छौं’ उनले भने, ‘त्यसकारण सरकारको यो जिम्मेवारी हुन्छ की व्यापारीको समस्याको समाधान गर्नुपर्छ ।’

कार्यक्रममा भन्सारमा भएका समस्या र आगामी योजनाको बारेमा छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here