प्रधानमन्त्री ओली र क्यान पदाधिकारीबीच भेट, सूचना क्षेत्रको विकासको विषयमा छलफल

काठमाडौं, १० माघ । प्रधानमन्त्री केपी शर्मा ओली र कम्प्युटर एसोसिएशन नेपाल (क्यान महासंघ) का अध्यक्ष नवराज कुंवर र क्यान पदाधिकारीबीच भेटबार्ता भएको छ ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र क्यान महासंघका पदाधिकारीबीच भेटवार्ता भएको हो ।

भेट वार्तामा सूचना तथा संचार प्रविधि क्षेत्रको संस्थागत बिकासको व्षियमा छलफल भएको महासंघले बताएको छ ।

यसका साथै सरकारले तर्जुमा गरेको डिजिटल नेपाल फ्रेमवर्क, सूचना प्रविधिको सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेयक, ब्रोडब्यान्ड निति, सूचना तथा संचार प्रविधि निति, सूचना तथा संचार प्रविधिमा सामान तथा सेवा आयत- निर्यात, सफ्टवेयर, हार्डवेयर तथा डिजिटल शिक्षा लगायतका बिविध बिषयमा छलफल भएको छ महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here