शुरु भयो ‘ल्याटिन डान्स फियस्टा २०१९’

साल्साबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य

काठमाडौं, २१ चैत । फोर्ट साल्सा स्ट्युडियोले दोस्रो पटक ‘नेपाल ल्याटिन डान्स फियस्टा २०१९’ को आयोजना गरेको छ । बिहीबारदेखि शुरु भएको सो फियस्टा सोमबारसम्म चल्ने छ ।

सो अन्तरराष्ट्रिय स्तरकोे इभेन्टको उद्देश्य नेपालमा साल्सा डान्सको प्रचार, प्रवद्र्धन र प्रोत्साहन गर्न,अन्तरराष्ट्रिय स्तरमा नै साल्सा डान्सलाई चिनाउने तथा नेपालको पर्यटन क्षेत्रलाई टेवा पुर्याउने रहेको आयोजकले जानकारी दिएको छ । फियस्टा ठमेलको छायाँ सेन्टरमा हुँदैछ ।

इभेन्टमा साल्सा डान्समा विश्व प्रसिद्ध प्रशिक्षकहरू, राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरको कलाकारहरूको फरक साल्सा डान्सका कला, प्रशिक्षण, वर्कसप तथा साँस्कृतिक आदानप्रदानका कार्यक्रमहरु इभेन्टको मुख्य आकर्षण रहने छन् ।

३५ लाख कुल बजेटमा आयोजना हुने फियस्टामा अमेरिका, फिलिपिन्स, थाइल्याण्ड, चाइना, स्वीटजरल्याण्ड,भारतलगायत ३० देशका २ सय जना सहभागी छन् ।

यस वर्षको इभेन्टमा प्रशिक्षकको रूपमा ल्याटिन डान्सकै बचता डान्समा ५ पटक सम्म विश्वविजेता जोडी अस्ट्रेलियाका नेस्टर र रेबिका,ल्याटिन डान्सका किजुम्बाका विश्व गुरू पोर्चुगलका नेल्सन कम्पास, मलेसियाबाट काल्निस भारतबाट याभित सिहं, वर्ड साला समिटको पहिलो एसिकाकै पहिलो निर्णायक बरुन डि एस राणा, बेली डान्समा विश्वको पाँचौँ स्थानमा रहेकी दिप्ती सेठी रहेको आयोजकले बताएको छ ।

साथै नेपालबाट प्रशिक्षकका रूपमा अन्तरराष्ट्रियस्तरमा नै साल्सा डान्स प्रशिक्षकका रूपमा प्रमाणित भइसकेका योगेशराज श्रेष्ठ र सप्रिना श्रेष्ठ छिन् । अन्य प्रशिक्षकमा रियाज श्रेष्ठ, विनायक श्रेष्ठ, अशोक भण्डारी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here