उद्योगको क्षमता उपयोग ५७ प्रतिशत, सिमेन्ट उद्योग बढ्दा क्षमता उपयोग घट्यो

काठमाडौं ११, मंसिर । आर्थिक वर्ष ०७५/७६ मा नेपालका उद्योगहरुको क्षमता उपगोग ५७ प्रतिशत मात्र छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा उद्योगको क्षमता उपयोग औसत ५७.१ प्रतिशत छ । अघिल्लो वर्ष उद्योगको औसत क्षमता उपयोग ५९.७ प्रतिशत थियो ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा उद्योगको क्षमता उपयोग करिब ३ प्रतिशत बिन्दुले घटेको छ । आर्थिक गतिविधिको अर्धवार्षिक समीक्षामा उद्योगको औसत क्षमता उपयोग ६० प्रतिशत राष्ट्र बैंकको तथ्यांक छ ।

गत वर्ष थप सिमेन्ट उद्योग सञ्चालनमा आएका कारण सिमेन्ट उद्योगको क्षमता उपयोग घट्न गई समग्र उद्योगको क्षमता उपयोग कम देखिएको राष्ट्र बैंकले बताएको छ ।

गत वर्ष बियर उद्योगले सबैभन्दा बढी ९९.७ प्रतिशत र टायर उद्योगले सबैभन्दा कम १५.८ प्रतिशत मात्र क्षमता उपयोग गरेको देखिएको छ । गत वर्षको उद्योगहरूको क्षमता उपयोग आव ०७४र७५ को भन्दा पनि कम हो । आव ०७४र७५ मा उद्योगको क्षमता उपयोग ५८ प्रतिशत थियो ।

तोरीको तेल, भटमासको तेल, प्रशोधित दूध, गहुँको पिठो, चिनी, चकलेट, मदिरा, बियर, धागो, सिन्थेटिक कपडा, कागज, जुटका सामान, कागज, रोजिन, सिमेन्ट, फलामको रडलगायतको उत्पादन गत वर्ष बढेको छ ।

चामल, पशुदाना, चाउचाउ, प्रशोधित चिया, हल्का पेय पदार्थ, चुरोट, गार्मेन्ट, प्रशोधित छाला, चिरेको काठ र पस्मिनालगायतको उत्पादन घटेको प्रतिवेदनले देखाएको छ ।

विद्युत् आपूर्तिमा सुधार आएको तथा निर्माणजन्य गतिविधिमा विस्तार भएसँगै खानीजन्य उत्पादनमा समेत वृद्धि भएकाले औद्योगिक क्षेत्रको उत्पादन बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here