बार्सिलोना भ्यालेन्सियासँग पराजित

काठमाडौं, १२ माघ । स्पेनिस ला लिगामा बार्सिलोना भ्यालेन्सियासँग पराजित भएको छ ।

शनिवार राती भएको खेलमा जोर्डी अल्बाले आत्मघाती गोल गरेपछि बार्सिलोना भ्यालेन्सियासँग दुई–शून्य गोल अन्तरले पराजित भएको हो ।

भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका जोर्डी अल्बाको आत्मघाती गोलसँगै भ्यालेन्सियाले ४८औँ मिनेटमा अग्रता लिएको थियो ।

त्यसपछि खेलको ७७औँ मिनेतमा म्याक्सी गोमेजले गोल गर्दै भ्यालेन्सियाको जित सुनिश्चित गरे । बार्सिलोनाको यो हार हालै नियुक्त भएका प्रशिक्षक क्विक सेटिनका लागि क्लबमा पहिलो असफलता हो।

हारसँगै बार्सिलोनाले २१ खेलबाट ४३ अङ्क छ । भ्यालेन्सिया २१ खेलबाट ३४ अङ्क बटुल्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । एक कम खेलेको रियल मड्रिड २० खेलबाट ४३ अङ्क बटुल्दै गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here