सुनचाँदीकै मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं, १२ माघ । सुनको भाउ फेरि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा आइतवार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको हो ।

आइतवार छापावाल सुन प्रतितोला ७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार २ सय रहेको कारोबार भइरहेको छ ।

अघिल्लो दिन तेजावी सुन प्रतितोला ७४ हजार ९ सय रुपैयाँमा करोबार भएको थियो ।

त्यस्तै, आइतवार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ बढ्यो । आइतवार चाँदीको मूल्य प्रतितोला ८ सय ९५ रुपियाँमा कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here