हुवावे धेरै स्मार्ट फोन बिक्री गर्ने कम्पनी, दोस्रोमा आइफोन

काठमाडौं, १२ माघ । अहिले स्मार्ट फोन सबैको हातहातमा हुन्छ । तर, कुन कम्पनीको स्मार्टफोन सबैभन्दा धेरै बिक्छ ? विश्व बजारमा कुन स्मार्ट फोन कम्पनीको बजार हिस्सा कति छ ? भन्ने चासोपनि त्यतिकै रहेको हुन्छ ।

चिनियाँ स्मार्ट फोन निर्माता कम्पनी हुवावे सन् २०१९ मा सबैभन्दा धेरै स्मार्टफोन बेच्ने कम्पनी बनेको छ । विश्वविख्यात फोर्ब्स पत्रिकाको अनुसार हुवावेले २०१९ मा २०० मिलियन भन्दा धेरै स्मार्ट फोन विश्वभर पुर्यायो । हुवावेले फोन बिक्रीको सन्दर्भमा आइफोनलाई जितेको छ ।

कम्पनीका चेयरम्यान एरिक स्यु ले सन् २०१९ मा कम्पनीले २४० मिलियन फोन बिक्री गरेको स्वीकार गरेको कुरा फोर्ब्स पत्रिकाले प्रकाशन गरेको छ ।

हुवावेले स्मार्टफोन बिक्रीको सन्दर्भमा आइफोनलाई पछि परेको हो । स्मार्टफोन भन्नासाथ हुनेखानेहरुले मात्र बोक्ने महंगो फोन मानिथ्यो कुनैबेला । तर, अहिले त्यस्तो अबस्था छैन् ।

बजारमा १० हजार रुपैयाँभन्दा कम मूल्यमा भनेजस्ता स्मार्टफोन पाइन्छन् । इन्टरनेट र सामाजिक संजालको लोकप्रियताको कारण पनि धेरै न्यून आय भएका प्रयोगकर्ता बार फोन छाडेर स्मार्टफोनमा अपग्रेड भइरहेका छन् ।

सन् २०१० मा १९० मिलियन आइफोन बिक्री

फोर्ब्सको अनुसार अमेरिकी कम्पनी एप्पलको आइफोन सन् २०१९ मा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफाने बनेको छ । २०१९ मा एप्पलले १८५ मिलियन देख १९० मिलियन सम्म स्मार्टफोन बेचेको फोब्र्सले प्रकाशन गरेको समाचारमा उल्लेख छ ।

बजारमा १० हजार रुपैयाँभन्दा कम मूल्यमा भनेजस्ता स्मार्टफोन पाइन्छन् । इन्टरनेट र सामाजिक संजालको लोकप्रियताको कारण पनि धेरै न्यून आय भएका प्रयोगकर्ता बार फोन छाडेर स्मार्टफोनमा अपग्रेड भइरहेका छन् ।

२०२० मा हुवावेलाई मुस्किल

तर, २०२० मा हुवावेलाई आफ्नो स्मार्टफोन बिक्री गर्न निकै कठिन हुने समेत ब्याख्या विश्लेषण हुन थालेको छ । गुगलले आफ्नो सबै सुविधा हुवावेबाट अलग गर्ने बताएसंगै यस्तो व्याख्या हुन थालेको हो । यो हुवावेले घटनापछि नयाँ प्रविधि विकास गर्नको लागि अर्बौ रकम लगानी गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here