११ र १२ मा विषयपिच्छेको संकाय हट्यो, यस्तो छ नयाँ पाठ्यक्रम

काठमाडौं, १२ माघ । कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले संकायपिच्छेका विषय पढ्नु पर्ने बाध्यताको अन्त्य भएको छ ।

सरकारले आगामी शैक्षिक सत्रबाट लागु हुनेगरी कक्षा ११ र १२ मा विषयपिच्छेको संकाय नबनाउने बताएसँगै संकायपिच्छेका विषय पढ्नु पर्ने बाध्यताको अन्त्य भएको हो ।

नेपाली, अंग्रेजी र सामाजिक अनिवार्य विषयको रुपमा पढ्ने छन् भने अन्य तीन वटा ऐच्छिक विषयको रुपमा पढ्न सक्ने छन् । त्यस्तै कक्षा १२ मा नेपाली अंंग्रेजी र जीवन उपयोगी शिक्षा अनिवार्य विषयको रुपमा पढ्नुपर्ने छ भने बाँकी तीन ऐच्छिक विषय हुन्छ ।

कक्षा १२ सम्म विद्यालय शिक्षामा रुपान्तरण भएसँगै संकायको रुपमा पढ्ने विषय हट्दै कक्षा ९ र १० कै जस्तो पाठ्यक्रम लागू हुने भएको हो ।

शिशु कक्षा देखि १२ सम्म विद्यालय संरचनामा रुपान्तरण भएसंगै कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन शिक्षा, मानविकी लगायत विविध समूहका अलगअलग पाठ्यक्रम नहुने भएको छ ।

विद्यालय तहमा जसरी पढाइ हुन्छ, कक्षा १२ सम्म पनि सोही अनुसार एकल पथीयका रुपमा जाने भएको छ ।

अब अनिवार्य अँग्रेजी र नेपालीबाहेक बाँकी सबै विषय एच्छिक हुने बताईएको छ । छन् । उच्चशिक्षा अध्ययन र विश्वविद्यालय प्रवेशका लागि आधार तयार गर्ने चरण पनि हो, कक्षा ११ र १२ । यही चरणमा उपयुक्त विषय छानी विद्यार्थीले उच्च तहमा पढ्न चाहेको विषय वा संकायका लागि तयारी गर्नुपर्नेछ ।

यस्तो छ नयाँ पाठ्यक्रम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here