पश्चिमी वायु फेरि सक्रिय,तीन दिन वर्षा/हिमपातको सम्भावना

काठमाडौं, १३ माघ । नेपालमा फेरि पानी पार्ने मौसमी प्रणाली प्रवेश गर्दै छ।

पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्ने क्रममा रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाको मङ्गलबारदेखि पश्चिमी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । सोमबार बेलुकीदेखि पानी पार्ने पश्चिमी न्यून चापीय प्रणाली फेरि सक्रिय हुने भएकाले पश्चिम नेपालको केही ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

सोमबार बेलुकी पानी पर्ने प्रणाली पश्चिममा आइपुग्नेछ भने मङ्गलबार दिउँसो मध्य हुँदै पूर्वसम्म नै फैलिने छ ।

मङ्गलबार दिउँसो देशभरिकै मौसम एकैछिन खुल्दै फेरि बादल लाग्नेछ भने तराईमा लागेको हुस्सु दिउँसोपछि मात्रै हट्ने सम्भावना छ । ‘यो यसअघिको जत्तिकै शक्तिशाली त छैन तर देशभर वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा हिमपात गराउने सम्भावना छ।’

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ १३ गते (सोमबार)
दिउँसो : देशको पश्चिमी भू-भागलगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। तराईका केहि भूभागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिमी भु-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ।

माघ १४ गते (मंगलबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिमी भू-भागका केही स्थान र मध्य तथ पूर्वी भू-भागका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिमी भू-भागका केही स्थान र मध्य तथा पूर्वी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

माघ १५ गते (बुधबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिमी भू-भागका अधिकांश स्थान र मध्य तथा पूर्वी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here