प्रतितोला ५०० रुपैयाँ बढ्यो सुनको मूल्य, कति छ तोलाको ?

काठमाडौं, १३ माघ । छापावाल सुनको मूल्य सोमवार पनि प्रतितोला ५०० रुपैयाँले बढ्यो ।

आइतवार प्रतितोला ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा सोमवार ५०० रुपैयाँ बढ्दै प्रतितोला ७६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

सोमवार तजावी सुनको मूल्य पनि प्रतितोला ५०० रुपैयाँले नै बढ्यो ।

आइतवार प्रतितोला ७५ हजार २०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा सोमवार ५०० रुपैयाँ बढ्दै प्रतितोला ७५ हजार ७०० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

सोमवार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढ्यो ।

आइतवार प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा सोमवार ५ रुपैयाँ बढ्दै प्रतितोला ९०० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here