ओस्कार बिजेता कोबे ब्रायन्टलाई किन मानिन्थ्यो बास्केटबलका ‘महान खेलाडी’ ?

काठमाडौं । पाँच पटक एनबीए च्याम्पियन र ओस्कार जितेका अमेरिकी बास्केटबल लेजेण्ड कोबे ब्रायन्टको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ।

अमेरिकी प्रान्त क्यालीफोर्नियामा भएको एक हेलिकप्टर दुर्घटनामा ब्रायन्ट, उनकी १३ वर्षिय छोरी गियाना समेत ९ जनाको मृत्यु भएको थियो । दुर्घटनाको समयमा ४१ वर्षिय ब्रायन्ट आफ्नो निजी हेलिकप्टरमा यात्रा गरिरहेका थिए ।

कोबेलाई किन बास्केटबलका लेजेन्ण्ड मानिन्छ ?

यदी दुनियाँभरका ५ महान खेलाडीहरुको नाम लिने हो भने कोबेको नाम सबैभन्दा पहिलो पंक्तिमा रहन्छ ।

विश्वभरका बास्केटबल फ्यानहरुका बिच कोबे कतिसम्म लोकप्रिय छन् भन्ने कुराको अन्दाज यही कुराबाट गर्न सकिन्छ कि वर्तमान समयमा फेसबुक र ट्वीटरका हरेक पोष्टमा कोबेको मृत्युमा समवेदनमा प्रकट गरिरहेका छन् ।

अमेरिकाका पुर्व राष्ट्रपति बाराक ओबामाले पनि यो एक अत्यन्त आश्चर्यजनक घटना भएको र संसारले एक लेजेन्ड गुमाएको भन्दै ट्वीट गरेका छन् ।

बास्केटबलका जादुगर कोबे

पाँच पटक नेशनल बास्केटबल एसोसियशन अर्थात एनबीए च्याम्पीयन समेत रहेका कोबे ब्रायन्ट बास्केटबलको इतिहासमै सबैभन्दा महान खेलाडीहरु मध्येका एक मानिन्छन् ।

कोबेले आफ्नो २० वर्षको खेल जिवनमा सम्पुर्ण समय लस एन्जल्स लोकर्सको तर्फबाट खेले । सन् २०१६ अप्रिलमा खेल जीवनबाट सन्यास लिएको घोषणा गरेका कोबेले २००८ को सबैभन्दा महत्वपुर्ण एनबीए खेलाडीको किताब पनि जितेका थिए ।

कोबेले सन् २००६ मा टोरन्टो र्याप्टर्सविरुद्ध एक खेलमा ८१ अङ्क बटुलेका थिए, यो उनको करियरको एक महत्वपूर्ण उपलब्धिमध्ये एक हो ।

बास्केटबल देखि ओस्करसम्म

ब्रायन्टले बास्केटबलको दुनियाँमा अवार्ड र सम्मान पाउनुका साथै एक अस्कर अवार्ड पनि जितेका छन् ।

कोबेले सन् २०१५ मा बास्केटबललाई एक प्रेमपत्र लेखेका थिए । त्यो प्रेम पत्रमा डियर बास्केटबल नामबाट एउटा शर्ट एनिमेटेड फिल्म बनाइयो र त्यसलाई ओस्कर अवार्डबाट सम्मानित गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here