गायिका आस्था राउत धरौटीमा रिहा

काठमाडौं, १४ माघ । गायिका आस्था राउतलाई धरौटीमा रिहा भएकी छिन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएका हो ।

गायिका राउतमाथि त्रिभुवन विमानस्थलमा कार्यरत महिला प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोप लागेको थियो। महिला प्रहरी जवान श्रेष्ठले जाहेरी दिएपछि राउतविरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी भएको थियो ।

गायिका राउत सोमबार बिहान आफैं महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएपछि उनीविरुद्धको कारबाही प्रक्रिया प्रहरीले अगाडि बढाएको थियो। राउत आफ्‍ना मामा र सानो बुवाको साथमा परिसर पुगेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here