सशक्त बन्दै पश्चिमी न्यून चापीय प्रणाली, व्यापक वर्षा/हिमपातको सम्भावना

काठमाडौं, १५ माघ । पानी पार्ने पश्चिमी न्यून चापीय प्रणाली सशक्त बन्दै गएको मौसमविद्ले बताएका छन् । जसका कारण बुधबार र बिहीबार देशका धेरै ठाउँमा पानी र हिउँ पर्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार पश्चिमदेखि पूर्वसम्मै वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको हुने संकेत देखिएको छ ।

पूर्वको तुलनामा मध्य र पश्चिमको धेरै ठाउँमा पानी पर्नेछ भने पश्चिमी उच्च हिमाली भेगमा भारी हिमपात पनि हुनेछ । तर लगातार झरीको सम्भावना भने कतै पनि नरहेको महाशाखाले जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ १५ गते (बुधबार)

दिउँसो : देशको पश्चिम तथा मध्य भू-भागलगायत पूर्वी भेगका पहाडी क्षेत्रमा सामान्य बदली रही पूर्वी तराई भेगमा आंशिक बदली रहने छ। पश्चिमी र मध्य भू-भागका धेरै स्थानमा र पूर्वी भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावनाछ। साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा भारी हिमपातको सम्भावना छ।

राति : देशभर सामान्यदेखि पूर्णसम्म बदली रहनेछ। पश्चिमी र मध्य भू-भागका अधिकांश स्थान र पूर्वी भू-भागका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना छ।

माघ १६ गते (बिहीबार)

दिउँसो : देशको उच्च पहाडी र हिमाली भेगमा सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका थोरै स्थान र पश्चिमी भू-भागका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ।

राति : देशको पूर्वी भागमा आंशिकदेखि सामान्यस्म बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

माघ १७ गते (शुक्रबार)

दिउँसो : देशको पहाडी भेगमा आंशिक बदली रही मध्य र पूर्वी पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ।

राति : देशको पहाडी भेगमा आंशिक बदली रही मध्य र पूर्वी पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here