सेयर बजारमा झिनो गिरावट, ४२ करोडको कारोबार

काठमाडौँ, २१ चैत । साताको अन्तिम दिन बिहीबार सेयरबजारमा झिनो गिरावट आएको छ ।

बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ०.६४ अंकले घटेको हो ।

परिसूचकमा ०.०५ प्रतिशतले घटेर परिसूचक ११६५.२० अंकमा पुगेको छ । बिहीबार १७२ कम्पनीका १७ लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा ४२ करोड ३४ लाखको कारोबार भएको छ ।

बैंक ०.९५, वित्त ०.५१, निर्जिवन बीमा १.०५, उत्पादन समूह ६.०५ अंकले बढ्यो भने बाँकी सबै समूह घटेका छन् । सबैभन्दा धेरै होटल समूह २३.४८ अंकले घटेको छ भने त्यसपछि जीवन बीमा समूह २०.०८ अंकले घटेको छ ।

बिहीबार सबैभन्दा धेरै एनआइसी बैंकको चार करोड ७१ लख रुपैंयाको सेयर कारोबार भयो भने दोस्रोमा एनसीसी बैंकको दुई करोड ५० लाख रुपैंया बराबरको कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here