न्युजिल्यान्डसामु १ सय ८० रनको लक्ष्य, रोहितको अर्धशतक

काठमाडौं, १५ माघ । भारतले तेस्रो टि–ट्वान्टी क्रिकेटमा घरेलु टोली न्युजिल्यान्डसामु १ सय ८० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको भारतले रोहित शर्माको अर्धशतकमा निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८० रनको लक्ष्य प्रस्तुत गरेको हो ।

रोहित शर्माले अर्धशतक बनाए । ४० बल खेलेका रोहितले ६ चौका ३ छक्काको मदतमा ६५ रन बनाए ।

कप्तान विराट कोहलीले ३८ रनको योगदान दिदाँ केएल राहुलले २७ तथा श्रेयस ऐयरले १७ रन जोडे । मनिष पाण्डेले १४ रन बनाउँदा रविन्द्र जडेजले १० तथा शिभम डुबीले ३ रन बनाएका थिए ।

न्यूजिल्याण्डका हमिस बेन्नेटले सर्वाधिक ३ विकेट लिए । कोलिन डि र मिचेल सान्टनरले १–१ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here