इपिएलमा क्रिस गेल पोखरा राइनोजबाट खेल्ने

काठमाडौं, १६ माघ । वेस्ट इन्डिजका चर्चित ब्याट्सम्यान क्रिस गेल एभरेस्ट प्रिमियर लिगमा पोखरा राइनोजबाट खेल्ने भएका छन् ।

विहिवार काठमाडौंको सोल्टी होटलमा भएको पत्रकार सम्मेलनमा पोखरा राइनोजले गेल आफ्नो टिमबाट खेल्ने घोषणा गरेको हो ।

इपिएलको तेस्रो सिजन चैतबाट सुरु हुँदैछ। गत सिजन पोखरा राइनोज लिगको पुछारमा रहेको थियो। गेल इपिएलमा खेल्ने चर्चा गत वर्ष पनि चलेको थियो।

वेस्ट इन्डिजको टिममात्रै नभइ इन्डियन प्रिमियर लिग ९आइपिएल० मा आफ्नो बिस्फोटक ब्याटिङबाट गेल निकै चर्चित बनेका थिए।

गेलको नाममा सबभन्दा छिटो शतकको कीर्तिमान छ। टि २० मा सबभन्दा धेरै रन बनाउने खेलाडी र आइपिएलमा एकै इनिङमा धेरै छक्काको कीर्तिमान पनि उनकै नाममा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here