सामसुङले सार्वजनिक गर्यो ‘५जी ग्यालेक्सी ट्याब्लेट’, मूल्य कति ?

काठमाडौं । दक्षिण कोरियाली विद्युतीय सामग्री उत्पादन कम्पनी सामसुङले पाँचौं पुस्ताको इन्टरनेट (फाइब जी) चल्ने ग्यालेक्सी ट्याब सार्वजनिक गरेको छ ।

कम्पनीले दिएको जानकारी अनुसार ग्यालेक्सी ट्याबमा १०.५ इन्चको ओलेड डिस्प्ले, एकेजी एकस्टिक र क्वाड स्पिकर रहेको छ । साथै, यसले ४के प्रशारण स्ट्रिमिङ र एआर सामग्रीलाई आत्मसात गरेको छ ।

सामसुङले हाल १२८ जिबी आन्तरिक भण्डारण सहितको ५जी ग्यालेक्सी एस६ ट्याब बिक्रीमा ल्याएको हो ।

कम्पनीका अनुसार यसको मूल्य कोरियाली बजारमा ८५० अमेरिकी डलर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here