गोहीले घाँटीमा लगाएको टायरको माला निकाल्नेलाई पुरस्कार घोषणा

पछिल्लो केही वर्षयता एक गोहीले घाँटीमा टायरको माला लगाएको छ । उसले यो माला कुनै रहरले गहनाका रुपमा भने लगाएको होइन ।

इण्डोनेसियाको एक तलाउमा गोहीको घाँटीमा केही वर्षअगाडी अड्किएको टायर निकाल्न सकिएको छैन ।

यो टायर क्रमशः गोहीका लागि मृत्युको कारण बन्न पुग्दैछ । त्यसकारण स्थानीय अधिकारीले गोहीलाई यस टायरको फाँसिबाट मुक्त गराउन पुरस्कारको घोषणा गरेका छन् ।

त्यसो त यो गोहीको गलाबाट टायर निकाल्न सरकारले पहल नगरेको भने होइन । तर, आजसम्मका कैयौं प्रयास असफल भएपछि सरकारले पुरस्कार नै घोषणा गर्नु परेको हो ।

यद्दपी यो काम आम सर्वसाधारणले भने गर्न सक्दैनन् । किनकी १३ फूट अर्थात ४ मिटर लामो यो गोहीले बीना सुरक्षा नजिक गयो भने मानिसलाई निलिदिन सक्छ ।

त्यसकारण यस काममा दक्षता राख्ने विश्वभरका जो कोहीले पनि गोहीको घाँटिबाट टायरको माला निकालेमा पुरस्कार पाउने भएका छन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here