प्रतितोला ३०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १७ माघ । विहिवार रेकर्ड कायम गर्दै बढेको सुनको मूल्य शुक्रवार पुन घटेको छ । शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घट्यो ।

विहिवार प्रतितोला ७६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रवार ३०० रुपैयाँ घट्दै प्रतितोला ७६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

शुक्रवार तेजावी सुनको मूल्यमा पनि प्रतितोला ३०० रुपैयाँले नै घट्यो । विहिवार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य शुक्रवार ३०० रुपैयाँ घट्दै प्रतितोला ७५ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

शुक्रवार चाँदीको मुल्य भने प्रतितोला १० रुपैयाँ बढ्यो । विहिवार प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा शुक्रवार १० रुपैयाँ बढ्दै प्रतितोला ८ सय ९० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here