व्यापारघाटा निरन्तर ओरालो, निर्यात २६ प्रतिशतले बढ्यो

काठमाडौं, १८ माघ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा समग्र वैदेशिक व्यापार सुधारोन्मुख देखिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ६ महिनासम्म आइपुग्दा आयात घटेको छ ।

तथ्यांक अनुसार ६ महिनामा ६ खर्ब ९४ अर्ब ६९ करोड रुपैयाँको सामान आयात भएको छ। अघिल्लो वर्ष गत सोही अवधिमा ७ खर्ब २३ अर्ब रुपैयाँको आयात भएको थियो । आयात घट्दा निर्यातसमेत बढेको छ।

यसले व्यापार घाटा घटाउन भूमिका खेलेको हो । निर्यात गत वर्षको तुलनामा २६ प्रतिशतले बढेको छ।

६ महिनाको अवधिमा ५७ अर्ब २७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। गत वर्ष सोही अवधिमा ४५ अर्ब ४१ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

आयात घट्नु र निर्यात बढ्नुबाट व्यापार घाटा ६ प्रतिशतले कम भएको छ ।

गत वर्ष ६ महिनामा ६ खर्ब ७८ अर्ब रुपैयाँको व्यापार घाटा रहेकोमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६ खर्ब ३७ अर्ब रुपैयाँ मात्रै सिमित छ ।

निर्यातले उच्च दरमा वृद्धिको बाटो पहिलाएको छ । यसले समग्र व्यापार घाटा घटाउन महत्वपूर्ण भूमिका खेलेको छ ।

यस आव पहिलो महिनाबाटै व्यापार घाटा कम हुन थालेको हो । आयात व्यापार र बढेको निर्यात व्यापार छैटौँ महिनासम्म निरन्तर रह्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here