सुनको भाउ अहिलेसम्मकै महँगो, कति पुग्यो तोलाको ?

काठमाडौं, १९ माघ । आइतवार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतवार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेसंगै सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो ।

शुक्रवार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा सोमवार ५०० रुपैयाँ बढ्दै प्रतितोला ७६ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

यसअघि गएको पुस २३ गते सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको थियो । त्यसपछि घटेर ७४ हजार रुपैयाँसम्म झरेको सुनको भाउ फेरि बढेर आइतबार तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको हो ।

आइतवार तजावी सुनको मूल्य पनि प्रतितोला ५०० रुपैयाँले नै बढ्यो । शुक्रवार प्रतितोला ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा विहिवार ५०० रुपैयाँ बढ्दै प्रतितोला ७६ हजार २०० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

आइतवार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ बढ्यो । शुक्रवार प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा आइतवार ५ रुपैयाँ बढ्दै प्रतितोला ८९५ रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here