अन्तर्राष्ट्रिय हिन्दुसभाका अध्यक्षको गोली हानी हत्या

काठमाडौं, १९ माघ । अन्तर्राष्ट्रिय हिन्दू महासभाका अध्यक्ष रञ्जित बच्चनको गोली हानेर हत्या गरिएको छ ।

आईतबार विहान उत्तर प्रदेशको राजधानी लखनउमा पर्ने हजरतगञ्ज क्षेत्रमा मर्निङ वाकका लागि निस्केका अध्यक्ष बच्चनको अज्ञात समूहले गोली हानेर हत्या गरेको हो । उनिसँगै सँगै मर्निङ वाकमा गएका आशीष श्रीवास्तव पनि घाइते भएका छन् ।

उनको लखनउकै ट्रमा सेन्टरमा उपचार भइरहेको छ । भारतीय सञचार माध्यमहरुले प्रहरीलाई उद्धृत गर्दै हत्यारको खोजी भइरहेको जनाएका छन् ।

मोटरसाइकलमा सवार दुईजनाको समूहले चलाएको गोली टाउकोमा लागेका अध्यक्ष बच्चनको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here