बलात्कारको आरोप लागेका एसएसपी राणाद्वारा आत्मसमर्पण

काठमाडौं, १९ माघ । यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी सौरभ राणाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । संघीय प्रहरी इकाई कार्यालय धरानमा कार्यरत एसएसपी राणा आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीमा आफैं हाजिर भएका हुन्।

संघीय प्रहरी इकाइ धरानमा कार्यरत एक महिलाले यौन दुर्व्यवहारको आरोपमा उनीविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । उनलाई जबर्जस्ती करणीको कसुरमा किटानी जाहेरी परेपछि निलम्बन गरिएको थियो । निलम्बन लगत्तै उनलाई पक्राउको तयारी गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here