संस्कार समाजकाे अभियान विराटनगरमा

काठमाडौं । संस्कार समाज नेपालले आफ्नो जनचेतनामूलक तथा सरसफाई कार्यक्रमकाे १४१ अाै श्रृङखला बिराटनगरमा सम्पन्न भएकाे छ ।

पछिल्लाे समयमा हरेक महिनाकाे १ गते बिहान ८ बजे १ घण्टा १ सय मिटर देशब्यापी सरसफाई महाअभियान अन्तरगत विराटनगरमा कार्यक्रम संचालन गरिएकाे हाे ।
बिराटनगरमा नाेवेल साकाेस साहित्य प्रतिष्ठान, बिराटनगर शाखा, समावेशी टाेल समिति, बिराटनगर -१२ बखरिचाेक र नेपाल महिला एकता समाज, माेरङ काे सहकार्यमा कार्यक्रम सम्पन्न गरिएकाे हाे ।

कार्यक्रममा तीन संस्थाले संस्कार समाजका महाअभियानमा ऐक्यवद्वता जनाएका छन् । नेपाल महिला एकता समाज, माेरङ रश्मि दासले महाअभियानमा एेक्यवद्वता जनाउदै अाफ्नाे टाेल, समाजका लागि संस्कार समाजकाे अभियान अपरिहार्य भएकाे बताइन ।

अध्यक्ष तथा मुख्य अभियन्ता पशुपति गरूङले देशब्यापी महाअभियानकाे सुरूवात बिराटनगरबाट भएकाे बताउदै अभियान प्रभावकारी बन्दै गइरहेकाे बताइन । कार्यक्रममा बाेल्दै स्थानिय समाजसेवी राजबिर राई, शेखर कर्ण, सत्यनारायण साहले अभियानलाई अाफ्नाे क्षेत्रमा स्वागत गर्न पाउँदा खुशी लागेकाे बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here