धितोपत्र बजारः नेप्से साढे २ अंकले बढ्दा १ अर्ब ६१ करोडको कारोबार

काठमाडौं, २० माघ । साताको पहिलो दिन उत्साहजनक रुपमा बढेको धितोपत्र बजार दोस्रो दिन भने सामान्य अंकले मात्रै बढ्यो । सोमवार नेप्से परिसूचक २.४९ अंकले बढेर १ हजार ३ सय ४९.१३ अंकमा पुगेको छ ।

सोमवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । सेन्सेटिभ इन्डेक्स १.१६ अंकले बढेर २ सय ८७.९१ अंकमा पुगेको छ ।

सोमवार जलविद्युत, विकास बैंक, निर्जीवन बिमा, अन्य र सामुहिक लगानी कोष समुहको सूचक बढ्यो भने होटल, बैकिङ्ग, ट्रेडिङ, फाइनान्स, उत्पादन तथा प्रशोधन, लघुवित्त र जीवन बिमा समुहको सूचक घट्यो ।

सोमवार सबैभन्दा धेरै जलविद्युत समुहको सूचक बढ्यो । जलविद्युतको सूचक ४.८२ प्रतिशत बढ्यो । त्यस्तै, विकास बैंकको १.६९ प्रतिशत, सामुहिक लगानी कोषको ०.६२ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै होटल समुहको सूचक घट्यो । होटलको सूचक ०.८३ प्रतिशत घट्यो । त्यस्तै, जीवन बिमाको ०.५७ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

सोमबार १ सय ७७ कम्पनीको ४७ लाख ४८ हजार ८ सय २९ कित्ता शेयर १७ हजार ६ सय ३३ पटक किनबेच हुँदा १ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

सोमवार सबैभन्दा धेरै ग्रामिण विकास बैंकका शेयर धनीले कमाए । विकास बैंकको शेयर मूल्य ९.३६ प्रतिशत बढ्यो । त्यस्तै, नेशनल हाइड्रो पावर कम्पनीको ९.२६ प्रतिशत बढ्यो भने अन्य कम्पनीको पनि राम्रै अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा बहुउदेश्य फाइनान्स कम्पनीका शेयर धनी छन् । फाइनान्सको शेयर मूल्य ५.२२ प्रतिशत घट्यो । त्यस्तै, यूनियन जलविद्युतको ३.५० प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

सोमवार सबैभन्दा धेरै कारोबार नेको इन्स्योरेन्स कम्पनीले गर्यो । इन्स्योरेन्सले ६ करोड ५६ लाख रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here