‘सेन्टी भाइरस’को इन्टरनेशनल राइट्स अहिलेसम्मकै महङ्गो मूल्यमा विक्री

काठमाडौं । नेपाली कथानक चलचित्र ‘सेन्टी भाइरस’को इन्टरनेशनल राइट्स विक्री भएको छ । सेन्टी भाइरसको इन्टरनेशनल राइट्स नेपाली मुल्य रु १ करोड १५ लाख रुपैयाँमा अमेरिकाको नेप्सिने कम्पनीले खरिद गरेको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला स्थलमा सुविहानी फिल्म को तर्फबाट कलाकार सिताराम कट्टेल (धुर्मुस) र नेप्सिने कम्पनी नेपाल को प्रमुख विधान कार्की बीच सम्झौता भएको हो । यो अहिलेसम्मकै महङ्गो मूल्य हो ।

यस अघि चलचित्र ‘छ माया छपक्कै’ को इन्टरनेशनल राइट्स एक करोड १० लाखमा विक्री भएको थियो ।

चलचित्रको मुनाफाको ५० प्रतिशत रकम निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि दिइने घोषणा यस अघि नै भइसकेको छ ।

रामबाबु गुरुङ निर्देशित चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्दि तामाङ लगायत अधिकांश मुख्य कलाकार छन् ।

चलचित्र फागुन ९ गते रिलिज हुँदै छ ।

‘सेन्टी भाइरस’ को ट्रेलरमा यस्तो देखिए धुर्मुस-सुन्तली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here