नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवालको राजीनामा

काठमाडौं, २० माघ । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् ।

गत जेठमा एक वर्षका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका पटवालले नेपाल, ओमान र अमेरिकाको सिरिज सकिएसँगै लागू हुने राजीनामा दिएका हुन् ।

प्रशिक्षण गर्ने कडा शैलीको कारण परिचित पटवाललाई राखेपको पहलमा आईसीसीले मासिक ७ हजार डलर तलब दिने गरी मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here