उपाधि होडमा रहेको मनाङलाई धक्का, च्यासल युथ क्लबसँग पराजित

काठमाडौं, २० माघ । सहिद स्मारक ए डिभिजन लिगको उपाधि होडमा रहेको मनाङ मर्स्याङ्दीलाई धक्का लागेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा च्यासलले मनाङविरुद्ध २-० को जित निकालेको हो।

च्यासललाई जित दिलाउन ताइगा नकामुरा र सन्तोस साहुखलले एक–एक गोल गरे ।

जितसँगै च्यासल १० खेलबाट १२ अंक जोड्दै नवौं स्थानमा उक्लेको छ । पराजित मनाङ १९ अंक सहित तालिकाको तेस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here