धितोपत्र बजारः नेप्से साढे ५ अंकले बढ्दा १ अर्बको कारोबार

काठमाडौं, २२ माघ । बुधवार धितोपत्र बजारमा केही सुधार देखियो । आज नेप्से परिसूचक ५.३१ अंकले बढेर १ हजार ३ सय ४२.३६ अंकमा पुगेको छ ।

बुधवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । सेन्सेटिभ इन्डेक्स ०.९३ अंकले बढेर २ सय ८५.९२ अंकमा पुगेको छ ।

बुधवार बैकिङ्ग, ट्रेडिङ, होटल, फाइनान्स, निर्जीवन बिमा, अन्य, लघुवित्त र जीवन बिमा समुहको सूचक बढ्यो भने विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन र सामुहिक लगानी कोष समुहको सूचक घट्यो ।

सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक बढ्यो । ट्रेडिङको सूचक ३.६१ प्रतिशत बढ्यो । त्यस्तै, होटलको २.७० प्रतिशत, अन्य समुहको १.६४ प्रतिशत घट्यो भने केही समुहको पनि राम्रै अंकले बढ्यो ।

सबैभन्दा धेरै सामुहिक लगानी कोष समुहको सूचक घट्यो । समुहिक लगानी कोषको सूचक १.३१ प्रतिशत घट्यो भने केही समुहको पनिर घट्यो ।

बुधवार कारोबार पनि घट्यो । आज १ सय ७७ कम्पनीको ३२ लाख ६० हजार १ सय ९८ कित्ता शेयर १२ हजार ४ सय ४० पटक किनबेच हुँदा १ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

बुधवार सबैभन्दा धेरै सर्पोट लघुवित्त वित्तीय संस्थाका शेयर धनीले कमाए । सर्पोटको शेयर मूल्य ९.९७ प्रतिशत बढ्यो । त्यस्तै, सिभिल बैंकको ८.७८ प्रतिशत, सिटीजन इन्भेष्टमेन्ट ट्रस्टको ७.०८ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा नेशनल हाइड्रोपावर कम्पनीका शेयर धनी छन् । हाइड्रोको शेयर मूल्य ६.२५ प्रतिशत घट्यो । त्यस्तै, नेपाल हाइड्रो डेभलपर्सको ६.०१ प्रतिशत, सानिमा माई हाइड्रोपावरको ५.२८ प्रतिशत घट्यो ।

बुधवार सबैभन्दा धेरै कारोबार सिभिल बैंकले गर्यो । बैंकले १३ करोड २ लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here