गच्छदारलाई मुद्दा चलाएको भन्दै कांग्रेसले गर्‍यो संसद अवरोध

काठमाडौं, २४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबार पनि प्रतिनिधिसभा बैठक अवरूद्ध गरेको छ।

ललित निवास जग्गा प्रकरणमा आफ्ना नेता तथा सांसद विजयकुमार गच्छदारलाई अख्तियारले मुद्दा दायर गरेको भन्दै विरोध गरेको छ ।

बिहिबारको वैठकमा सभामुखले कांग्रेसका सांसद मिनबहादुर विश्वकर्मा बोल्न समय दिएसँगै काठमाडौंमा चिसो बढेता पनि बालुवाटार जग्गा प्रकरणमा अख्तियारले लगाएको मुद्दाले फेरि देशको राजनीतिक माहौल तातेको बताए।

अख्तियारलाई प्रभावमा पारेर सरकारले आफ्नोलाई बोक्ने र विरोधीलाई ठोक्ने प्रवृत्ति देखाएको उनले आरोप लगाए।

विश्वकर्माले बोलेपछि कांग्रेस सांसदहरुले उठेर अवरुद्ध गरेका थिए । त्यसपछि सभामुखले शुक्रबार दिउँसो आधाघण्टाको लागि बैठक स्थगित गरेको घोषणा गरे ।