८ स्थानीय तह अझै बैंक बिहिन, ७ सय ४५ तहमा वाणिज्य बैंक पुगे

काठमाडौं, २५ माघ । देशभरका कूल ७५३ स्थानीय तहमध्ये ८ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी छ ।

बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक विवरणअनुसार कूल ७५३ मध्ये ७४५ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् ।

बैंकका अनुसार प्रदेश नं १ का कूल १३७ स्थानीय तहमध्ये अब एक स्थानीय तहमा मात्रै वाणिज्य बैंकले शाखा खोल्न बाँकी रहेको छ । यस्तै प्रदेश नं २ का कूल १३६ स्थानीय तहमध्ये १३५ स्थानीय तहमा बैंक पुगेका छन् ।

यस्तै सङ्घीय राजधानीसमेत रहेको वाग्मती प्रदेशमा कूल ११९ स्थानीय तहमध्ये ११७ स्थानमा बैंकका शाखा पुगेका छन् ।

केन्द्रीय बैंकका अनुसार गण्डकी प्रदेशका कूल ८५ स्थानीय तहमध्ये ८४ मा बैंकका शाखा खुलेका छन् । प्रदेश नं ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् ।

वित्तीयरूपमा सो प्रदेशका सबै स्थानीय तहमा शाखा खुलेर पहुँच स्थापित भएको छ । कर्णाली प्रदेशका कूल ७९ स्थानीय तहमध्ये ७८ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । सुदू्रपश्चिम प्रदेशका कूल ८८ स्थानीय तहमध्ये ८६मा वाणिज्य बैंकका शाखा खुलेका छन् ।

वित्तीय समावेशीताका लागिसमेत अनिवार्यरूपमा बैंक तथा वित्तीय संस्थाका शाखा खुल्नुपर्ने र नागरिकमा वित्तीय पहुँच स्थापित हुुनुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here