विश्वभर मास्कको खपत बढ्यो, कोरोना प्रतिरोधी मास्क बनाउँदै फक्सकन

काठमाडौं । चीनमा कोरोना भाइरका कारण मृत्यु हुनेको संख्या ८ सय ११ पुगेको छ। भाइरसका कारण शनिबार सम्ममा ३३ हजार ७ सय ३८ जनामा संक्रमण भेटिएको छ।

चीनको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा शनिबार मात्रै थप ८९ जनाको मृत्यु भएको जनाएको छ। भाइरसको संक्रमण बढ्दै गएपछि एप्पल कम्पनीको आइफोन निर्माता कम्पनी फक्सकनले मास्क बनाउने भएको छ।

प्रविधिको क्षेत्रमा राम्रो कम्पनी मानिएको फक्सकनले कोरोना भाइरस प्रतिरोधी सर्जिकल मास्क निर्माण गर्ने बीबीसीले जनाएको छ।

ताइवानस्थित फक्सकनले दिनमा २० लाख मास्क उत्पादन गर्नेगरी यसै महिनाको अन्तिमबाट काम थाल्ने बताइएको छ।

कोरोनाको त्रासपछि विश्वभर मास्कको खपत बढेको छ। फक्सकनले विश्वका मानिसको मागलाई पूर्ति गर्ने वीच्याटमार्फत् जनाएको छ

कम्पनीले सामाजिक सञ्जाल विच्याटमार्फत् विज्ञप्ति जारी गर्दै कोरोना भाइरस विरुद्धको अभियानका क्रममा हरेक सेकेण्ड महत्वपूर्ण रहेको भन्दै यही महिनाको अत्यसम्मबाट हरेक दिन २० लाख मास्कको उत्पादन गर्ने लक्ष्य लिइएको जनाएको छ ।

विज्ञप्तिमा कम्पनीले चीनको सेन्जेन शहरमा मास्क उत्पादनको परीक्षण उत्पादन शुरु गरिसकिएको र केही समयभित्रै यसको पूर्णस्तरमा उत्पादन शुरु गरिने उल्लेख छ ।

कोरोनाभाइरसको महामारी फैलिरहेका कारण विश्वभर मास्कको अभाव हुन थालेको भन्दै विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेसँगै फक्सकनले मास्कको उत्पादन थाल्ने बताएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here