धितोपत्र बजार राताम्मै, नेप्से साढे १३ अंकले घट्दा ९५ करोडको कारोबार

काठमाडौं, २६ माघ । साताको पहिलो दिन नै धितोपत्र बजार राताम्मै रह्यो । आइतवार नेप्से परिसूचक १३.७० अंकले घटेर १ हजार ३ सय १९.९९ अंकमा झरेको छ ।

आइतवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज सेन्सेटिभ इन्डेक्स ३ अंकले घटेर २ सय ८१.०४ अंकमा झरेको छ ।

आइतवार कारोबारमा आएका मध्ये उत्पादन तथा प्रशोधन समुह बाहेक अन्य सबै समुहको सूचक घट्यो । उत्पादन तथा प्रशोधन समुहको सूचक ०.७ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै होटल समुहको सूचक घट्यो । होटलको सूचक २.७३ प्रतिशत घट्यो । त्यस्तै, निर्जीवन बिमा समुहको २.१८ प्रतिशत, बैकिङ्ग समुहको १.०७ प्रतिशत घट्यो ।

आइतवार कारोबार पनि घट्यो । आज १ सय ७३ कम्पनीको २५ लाख ५० हजार २ सय ६६ कित्ता शेयर ११ हजार ७ सय २६ पटक किनबेच हुँदा ९५ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

आइतवार सबैभन्दा धेरै स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयर धनीले कमाए । स्वाभिमानको शेयर मूल्य ३.८८ प्रतिशत घट्यो । त्यस्तै, कञ्चन विकास बैंकको ३.२८ प्रतिशत बढ्यो ।

आइतवार सबैभन्दा धेरै कारोबार नेको इन्स्योरेन्स कम्पनीले गर्यो । कम्पनीले ३ करोड ८८ लाख रुपैयाँ बराबरको करोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here