यो वर्षको ओस्कर कोरियन फिल्म ‘प्यारासाइट’ लाई

काठमाडौं । कोरियन फिल्म ‘प्यारासाइट’ ले यो वर्षको ओस्करमा अवार्ड जितेको छ ।

प्यारासाइट विदेशी भाषाको फिल्म विधामा पनि मनोनयमा परेको थियो । र उक्त विधाको पुरस्कार पनि जितेको थियो ।

प्यारासाइट विदेशी कथानक फिल्मको विधामा मनोनयन भएर उत्कृष्ट फिल्म विधामा छनोट हुने ११ औँ फिल्म हो ।

प्यारासाइट फिल्मका निर्देशक बोङ जून–होले उत्कृष्ट निर्देशकको पुरस्कार पनि जितेका थिए ।

अन्य प्रमुख विधामध्ये वाक्वीन फिनिक्सले उत्कृष्ट अभिनेता बने भने जुडी फिल्मबाट रेनी जेलवेगर उत्कृष्ट अभिनेत्री भइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here