सुनको भाउ घट्यो

काठमाडौं, २८ माघ । मंगलबार सुनको भाउ घटेको छ ।

सोमबार स्थिर रहेको सुन आज तोलामा १ सय रुपैयाँ घटेर तोलाको ७५ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार र गएको आइतबार तोलाको ७६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुन प्रतितोला ७५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

सुनको भाउ घटेपनि चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here