दिल्लीमा फेरि आम आदमी पार्टीकै दबदबा, भाजपा पछिपछि

काठमाडौं, २८ माघ । शनिबार भारतको नयाँ दिल्लीमा सम्पन्न विधानसभा चुनावको अहिले मतगणना भइरहेको छ ।

दिल्ली विधानसभा चुनावमा सत्तारुढ आम आदमी पार्टी र भारतीय जनता पार्टी (भाजपा) बीच निकै कडा टक्कर हुने देखिएको छ ।

भारतको दिल्लीमा फेरि पनि आम आदमी पार्टी (आप) नै सत्तामा आउने देखिएको छ । अरबिन्द केजरीवालको नेतृत्वमा रहेको आप लगातार सत्तामा आउने संकेत देखिएको छ ।

भाजपले पनि विधानसभा चुनावमा भन्दा सुधारिएको प्रदर्शन गरेको छ । ७० विधानसभा सिट मध्ये झण्डै दुई तिहाईमा जित हासिल गर्ने देखिएको छ । जारी मतगणनामा आपले ५२ सिटमा अग्रता लिएको छ ।

केन्द्रमा सत्तामा रहेको भारतीय जनता पार्टी ९ मा तीन सिट मात्रै जितेको भाजपाले अहिले १८ सिटमा अग्रता लिएको छ । कांग्रेस भने यो पटक पनि सिट बिहीन हुने देखिएको छ । गएको विधानसभा चुनावमा आम आदमी पार्टी (आप) ले ७० मध्ये ६७ सिट जितेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here