काठमाडौं, २८ माघ । शनिबार भारतको नयाँ दिल्लीमा सम्पन्न विधानसभा चुनावको अहिले मतगणना भइरहेको छ ।
दिल्ली विधानसभा चुनावमा सत्तारुढ आम आदमी पार्टी र भारतीय जनता पार्टी (भाजपा) बीच टक्कर हुने देखिएको छ ।
भारतको दिल्लीमा फेरि पनि आम आदमी पार्टी (आप) नै सत्तामा आउने देखिएको छ । अरबिन्द केजरीवालको नेतृत्वमा रहेको आप लगातार सत्तामा आउने संकेत देखिएको छ ।
भाजपले पनि विधानसभा चुनावमा भन्दा सुधारिएको प्रदर्शन गरेको छ । ७० विधानसभा सिट मध्ये झण्डै दुई तिहाईमा जित हासिल गर्ने देखिएको छ । जारी मतगणनामा आपले ६३ सिटमा अग्रता लिएको छ ।
केन्द्रमा सत्तामा रहेको भारतीय जनता पार्टी ९ मा तीन सिट मात्रै जितेको भाजपाले अहिले ७ सिटमा अग्रता लिएको छ । कांग्रेस भने यो पटक पनि सिट बिहीन हुने देखिएको छ । गएको विधानसभा चुनावमा आम आदमी पार्टी (आप) ले ७० मध्ये ६७ सिट जितेको थियो ।