दिल्लीमा आम आदमी पार्टीको बहुमत, मोदीले दिए बधाई

काठमाडौं । दिल्लीको सत्तामा फेरि पनि अरबिन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी पुग्ने सुनिश्चित भएको छ।

दिल्लीको ७० विधानसभा सीटका लागि भएको निर्वाचनमा आम आदमी पार्टीले भारी बहुमत ल्याएको छ। आम आदमीले ७० मध्ये ६२ सिटमा जित हात पारेको छ। भाजपाले ८ सिट जितेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जितमा लागि अरविन्द केजरीवाललाई बधाई दिएका छन्। उनल सोमबार साँझ ट्वीट गर्दै केजरीवाललाई बधाई दिएका हुन्।

सन् २०१३ मा भएको विधानसभामा निर्वाचनमा आम आदमीले २८ सिट जितको थियो। आठ सिट जितेको कांग्रेससँग मिलेर केजरीवालले सरकार बनाएका थिए। तर सरकार लामो समयसम्म टिक्न सकेन।

तर आम आदमीले सन् २०१५ मा ७० विधानसभा सिटमध्ये ६७ मा जित हात पारेको थियो। बाँकी तीन सिट भने भाजपाले जितेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here