अमेरिका ३५ रनमा अलआउट, सन्दीप र सुशनको घातक बलिङ

काठमाडौं, २९ माघ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गरेको छ । अमेरिकाले १२ ओभरमा सबै विकेट गुमाएर ३५ रन बनायो ।

यो नै एकदिवसीय क्रिकेटको सबै भन्दा कम रन हो । सन् २००४ मा जिम्बावेको श्रीलंकासँग १८ ओभरमा ३५ रन बनेको थियो । जुन कीर्तिमान नेपालले १५ वर्षपछि बराबर गरेको हो ।

अमेरिकालाई सस्तैमा समेट्न लेग स्पिनर सन्दीप लामिछानेले ६ ओभरमा १ मेडन राखेर १६ रन खर्चेर ६ विकेट लिए । सन्दीपको यो करिअरकै उच्च प्रर्दशन हो ।

नेपालबाट एकदिवसीयमा खेलमा ६ विकेट लिने सन्दीप पहिलो खेलाडी बनेका थिए । सुशन भारीले ३ ओभरमा १ मेडन राखेर ५ रन खर्चिदै ४ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here