वेलायतले पासपोर्टबाट ‘युरोपियन युनियन’ हटायो

आफू युरोपेली युनियनबाट हट्न् अझै निश्चित नभए पनि वेलायतले आफ्नो पासपोर्टबाट ‘युरोपियन युनियन’ हटाएको छ । उसको यस कार्यले युरोपमा मिश्रित प्रतिक्रिया सिर्जना गरेको छ भने वेलायती नागरिकहरु स्वयं छक्क परेको बताएका छन् ।

पासपोर्टमा संयुक्त अधिराज्य ब्रिटेन र उत्तरी आयरल्याण्डलाई कायम गर्दै वेलायतले पासपोर्टको सबैभन्दा माथिल्लो भागमा लेखिएको युरोपेली युनियन हटाएको हो ।

उसले मार्च ३० अर्थात यसै साताको शुरुदेखि पासपोर्टमा परिवर्तन गरेको हो यद्यपि वेलायतको ‘ब्रेक्जिट’ अभियानले पूर्णता पाएको छैन बरु थप अनिश्चित बनेको छ । प्रधानमन्त्री टरिजा मेले बेलायत युरोपेली संघबाट बाहिरिने प्रस्तावमा संसदमा समर्थन पाउन कडा संघर्ष गरिरहेकी छिन् । तर उनले त्यसमा सफलता पाउनेमा नै आशंका गर्न थालिएको छ ।

मार्च ३० मा वेलायत युरोपेली संघबाट बाहिरिने भनिएको थियो । उसले नयाँ पासपोर्टको वितरण थाले पनि स्टकमा रहेका ‘युरोपियन युनियन’ वाला पासपोर्ट पनि वितरण गरिने बताएको छ ।

नयाँ पासपोर्ट हात पारेकी एक नागरिक सो परिवर्तनबाट छक्क परेको बीबीसीले जनाएको छ । शुक्रवार नयाँ पासपोर्ट लिएकी सुजान हिण्डल ब्यारोनले संघको सदस्यता कायम रहेकै अवस्थामा पासपोर्टमा परिवर्तन गर्नु उचित नभएको बताएकी छिन् ।

आफू ब्रेक्जिटका पक्षमा नभएको बताउँदै उनले यसबाट वेलायतलाई कुनै लाभ नहुने बरु धेरै गुमाउनु पर्ने धारणा व्यक्त गरिन् ।

तर ब्रेक्जिट पक्षधरहरुका लागि भने यो एउटा ठूलो तर्क बनेको छ । पुरानो नीलो पासपोर्ट लागू गर्ने निर्णलाई एक वेलायती नेताले ब्रेक्समसको रुपमा व्याख्या गरे ।

युरोपेली युनियन हटाए पनि वेलायती नागरिकहरुलाई विदेशमा जाँदा त्यसले फरक भने नपार्ने त्यहाँको गृह मन्त्रालयकी प्रवक्ताले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here