वन्यजन्तु पिडितलाई २३ लाख ६८ हजार राहत

पप्पु गुरुङ्ग

दोधारा, २९ माघ । माहाकालीमा वन्यजन्तुबाट पिडितहरुलाई राहत वितरण गरिएको छ ।

माहाकाली नगरपालिका क्षेत्रमा वन्यजन्तुबाट पिडित भएकाहरुलाई एक कार्यक्रमकोबीच २३ लाख ६८ हजार ४ सय १६ रुपैयाँ राहत वितरण गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय अन्तर्गत माहाकाली नगरपालिकामा गठित हिमालय मध्यवर्ती उपभोक्ता समिति चाँदनीका अध्यक्ष पदम बहादुर सिंहले जानकारी दिए ।

वन्य जन्तु निर्देशिका दोस्रो संशोधन २०७४ अनुसार वन्य जन्तुबाट पिडित भएकाहरुलाई राहत वितरण गरिए अध्यक्ष सिंहले बताए । सिंहको सभापतित्वमा संचालन भएको वन्यजन्तुलाई राहत बितरण कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य मान बहादुर सुनार रहेका थिए ।

बिशिष्ठ अतिथीमा माहाकाली नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रबिन चौधरी, देबी दल गुल्मका सेनानी पदम बहादुर क्षेत्री रहेका थिए ।

अतिथीमा नेकपा माहाकालीका नगर अध्यक्ष किशोर कुमार लिम्बु, शिक्षक टंकलाल जोशी, सगरमाथा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष अमर बस्नेत लगाएको उपस्थिती रहेको थियो ।

कार्यक्रममा वन्यजन्तुबाट पिडित भएका चेक प्रदान गरिएको थियो । गत मंसिर २४ गते हात्तीको आक्रमणमा परेर मृत्यु भएका माहाकाली नगरपालिका वडा नं. २ का बिष्ण देबी भट्ट र भुरी देबी बोहराका आफन्तलाई १०–१० लाखको चेक हस्तान्तरण गरिएको थियो ।

हात्तीको आक्रमणमा परि घाईतेहरु माहाकाली नगरपालिका वडा नं. २ का सरस्वती ओझालाई १० हजार ८ सय १५,कुमा देबी साउदलाई १ लाख ५३ हजार ३ सय २१, ललिता बोहरालाई ३० हजार ५ सय २८,सुनिता बिष्टलाई १ लाख ४३ हजार ७ सय ५२, बिष्णा देबी भट्टलाई १० हजारको चेक हस्तान्तरण गरियो ।

यस्तै चितुवालाई चौपायालाई आक्रमण गरेको भन्दै माहाकाली नगरपालिका वडा नं. ३ का मनसरा देबी रानालाई १० हजार, माहाकाली नगरपालिका वडा नं. ५ निवासी गोपाल खड्कालाई १० हजार वडा नं. ४ का दुर्गा देबी सिंहलाई १० हजारको चेक हस्तान्तरण गरिएको हिमालय मध्यवर्ती उपभोक्ता समिति चाँदनीले जनाएको छ् ।

वन्यजन्तुबाट पिडित भएका स्थानिय तेज भट्टले वन्यजन्तुबाट भएको क्षति समयमै स्थानियहरुलाई दिनु राम्रो व्यवस्था भएको बताए । बफर जोनले वितरण गरेको राहतले स्थानियहरुमा निकै सहयोग भएको बताउदै तेज भट्टले सबैमा धन्यबाद समेत दिएका छन् ।

कार्यक्रममा हात्तीबाट देहान्त भएकाहरुको लागी शोक ब्यक्त गर्दै घाईतेहरुको स्वास्थ्य लाभको कामना समेत गरिएको थियो । प्रदेश सभा सदस्य मान बहादुर सुनारले माहाकाली नगर क्षेत्रमा वन्यजन्तु र मानव बिच द्धन्द्ध बढ्दै गएको बताउदै प्रदेश सरकारबाट मेसवायर लगाउने तयारी भएको बताएका छन् ।

‘वन्य जन्तुले स्थानियहरुलाई पारेको प्रभाव क्षेत्रमा हामी मेसवायर लगाउने तयारीमा छौं’ प्रदेश सभा सदस्य मान बहादुर सुनारले भने । वन्य जन्तुले माहाकाली नगर क्षेत्रका स्थानियहरुलाई निकै सास्ती दिदै आएको कार्यक्रमा औल्याईएको थियो ।

माहाकाली नगरपालिका वडा नं. ४ को सृजना बचत तथा श्रmण सहकारी संस्था नजिक संचालन भएको वन्य जन्तु पिडितहरुलाई राहत बितरण कार्यक्रम संचालन हिमालय उपभोक्ता मध्यवर्ती उपभोक्ता समितीका कोषाध्यक्ष सरोज चन्दले गरेका थिए भने स्वागत मन्तब्य धनसरा चन्दले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here