भारतमा ग्यासको मूल्य २० प्रतिशत बढ्यो, नेपालमा पनि बढ्ला ?

काठमाडौं । भारतिय बजारमा ग्यासको मूल्य २० प्रतिशत भन्दा धेरै मूल्यले बढेको छ ।

पछिल्लो समय भारतको राजधानी दिल्लीमा चुनाव चलेको कारण त्यसको प्रत्यक्ष असर ग्यासको मूल्यमा परेको भारतिय सञ्चार माध्यमहरुले बताएका छन् ।

भारतमा ग्यासको मूल्य एकैदिन १ सय ४४.५० पैसा वृद्धि हुँदै ८५८.५० पैसा कायम भएको छ । भारतमा फेब्रुअरी १२ मा ग्यासको मूल्यमा २० प्रतिशत भन्दा धेरै रकमले वृद्धि भएको थियो ।

नेपालमा पनि बढ्ला ?

भारतिय बजारमा बढेको ग्यासको मूल्यको कारण नेपालमा पनि असर गर्नसक्ने देखिन्छ । नेपालमा आउने अधिकांस ग्यासहरु भारतबाट नै आयात हुने भएको कारण यो मूल्य वृद्धिको असर नेपालमा पनि पर्ने देखिन्छ । अहिले नेपालमा ग्यासको मूल्य प्रति सिलीन्डर १३७५ रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here