काठमाडौं । प्रेमी–प्रेमिकाका लागि एउटा विशेष उत्सव हो भ्यालेन्टाइन । मनले माया गरेको, मनपराएको वा चाहेको मान्छेलाई मायाका भावहरु भ्यालेन्टाईन डे अर्थात प्रणय दिवसमा अभिव्यक्त गरिन्छन् ।
फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे । यो दिनलाई माया ब्यक्त गर्ने दिनको रुपमा मनाइन्छ । मानिसहरु यो दिनमा प्रेम ब्यक्त गर्ने गर्छन् त्यसका लागि फरक फरक स्थानमा जोडीहरुको भिड नै लाग्छ ।
तर जसले प्रेम सच्चा अर्थमा नै गर्छ उसको लागि भ्यालेन्टाइन्स डे को आवश्यकता पर्दैन । यहाँ तपाइँले भ्यालेन्टाइन्स डे मनाउन नहुने कारणबारे चर्चा गरिएको छ ।
प्रहरीको खतरा
भ्यालेन्टाइन डे मा तपाइँ एकान्त खोज्दै कतै जानु हुन्छ । तर प्रहरीलाई भने भ्यालेन्टाइन्स डेमा तपाइँ जस्तै जोडीले कतिबेला एकान्तमा गएर उनीहरुकै शब्दमा आपत्तिजनक ब्यवहार गर्छन् भन्ने पर्खाइ हुन्छ ।
पैसाको सर्वनाश
भ्यालेन्टाइन डे मा रेष्टुरेन्ट होटल वा रिसोर्ट चलाउनेहरुका लागि दशैं नै हो । अन्य दिन १०० रुपैयाँ पर्ने चिजलाई यो दिन ५०० रुपैयाँ पार्न सक्छन् उनीहरु ।
खानेकुरा देखि बस्ने ठाउँ सम्मको चार्ज भ्यालेन्टाइन्स डेकै लागि आकाशिएको हुन्छ ।
तपाइँ प्रेमी वा प्रेमिकासँग यस्तो ठाउँमा जानु भो भने अर्को समस्या पैसा घटाउन आग्रह गर्न समेत अफ्ठेरो मान्ने अवस्थामा हुनु हुन्छ । पैसा जोगाउन चाहनु हुन्छ भने भ्यालेन्टाइन्स डे बाहेक अरु दिन नै खोज्नुस् प्रेम गर्नको लागि ।
फूलको मूल्य
भ्यालेन्टाइन डेमा सबै भन्दा बढी विक्री हुने कुरा हो फूल । मानिसहरु प्रेम ब्यक्त गर्न फूल किन्छन् ।
तर भ्यालेन्टाइन डे फूल किन्नेका लागि भने सबै भन्दा गलत दिन हो । यो दिन फूल किन्नेले अरु दिन फुलसँगै खाजा खान पुग्ने पैसा फूलको लागि मात्र हाल्नु पर्छ । एक पटक सोंच्नुस् यति महंगो प्रेम गर्ने कि नगर्ने ।
लाइन बस्नु पर्छ
भ्यालेन्टाइन डे मा रेष्टुरेन्ट होटल, रिसोर्ट, पार्क सम्म पनि भिडम भिड हुन्छ । पहिले देखि नै भ्यालेन्टाइन डे स्किमका कारण छोइनसक्नु महंगो पनि ।
भिडबाट अलग भ्यालेन्टाइन डे मा सबै जना फेसबुक स्ट्याटस देखि हरेक कुरामा भ्यालेन्टाइन डे मय बनेका हुन्छन् । तपाइँ यो दिन फरक बन्न सक्नु हुन्छ । तपाइँलाई १४ फेब्रुअरी बाहेक वर्षमा अरु दिन पनि छ नि प्रेम गर्नका लागि ।