नेपाल वायुसेवा निगम र विद्युत प्राधिकरणमा कर्मचारी माग

काठमाडौं, २ फागुन । नेपाल वायुसेवा निगमले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

शुक्रबार सूचना प्रकाशित गर्दै निगमले रिक्त पदहरुमा खुला प्रतियोगिताद्वार स्थायी रुपले पूर्ति गर्नको लागि योग्य नेपाली नागरिहरुबाट दराखास्त आह्वान गरेको हो । जसमा सिनियर क्याप्टेनदेखि लेखा सहायकसम्मको माग गरिएको छ ।

दरखास्त दिनको लागि निगमले २१ दिनमो म्याद तोकेको छ । पहिलो पटक सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र निगमको केन्द्रीय कार्यालय न्यूरोडमा विहान ११ बजेदेखि दिउँसा ३ बजेभित्र दरखास्त बुझाउनुपर्ने निगमले जनाएको छ ।

त्यस्तै विद्युत प्राधिकरणले सहनिर्देशकदेखि जुनियर टेक्निसियनसम्मको माग गरेको छ । दुवै संस्थामा एसएलसी वा सो सरहको तह उत्तीर्ण गरेकालाई समेत अवसर छ । प्राधिकरण र निगम दुवैमा यही २२ गतेभित्र दरखास्त दिनुपर्ने सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here