स्वस्थ रहन खानुहोस् भुँईकटहर

SONY DSC

काठमाडौं । स्वस्थ जीवनका लागि जीवनशैली र खानपान ध्यान दिन आवश्यक छ । आधुनिक जीवनशैलीका कारण सबैभन्दा ठूलो असर स्वास्थ्यमा पर्ने गरेको छ ।

कामको व्यस्तताले गर्दा फुर्सद नपाएर आरामको लागि साप्ताहिक बिदा नै कुर्नु पर्ने हुन्छ ।

खानपान र आहारमा राम्रो बिचार पुर्‍याएमा मानिस पूर्ण रुपमा स्वस्थ बन्न सक्छन् । नियमित रुपमा यी खानेकुरा खाँदा मानिसको समग्र स्वास्थ्यमा सुधार आउनेछ।

फलफुल हाम्रो स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ । यद्यपि, स्वास्थ्यका लागिभन्दा स्वादका लागि खानेकुरा खाने प्रवृत्तिका कारण मानिसको स्वास्थ्य बिग्रँदै गएको छ । यसर्थ, स्वस्थ रहन यस्तो खानपान गर्न जरुरी छ ।

हरेक फलफुलमा हाम्रो स्वास्थ्यको लागि आवश्यक पर्ने भिटामीन तथा पोषक तत्व पाइन्छ ।

भुँईकटहरमा पनि हाम्रो शरिरको लागि आवश्यक पर्ने अनेक प्रकारका पोषक तत्वहरु पाइन्छ । यसको प्रयोग विभिन्न प्रकारका मिठाई तथा पिज्जामा पनि गरिन्छ । अनेक गुण रहेको

भुँईकटहरमा यस्ता गुणहरु हुन्छन् ।

फाइबरको राम्रो स्रोत

भुँईकटहरमा फाइबरको मात्रा धेरै रहन्छ । यसले पाचन प्रकृयामा धेरै सहयोग गर्छ । हामीले खाएको खानेकुराहरुलाई पच्नको लागि सहयोग गर्नुका साथै पेट सम्बन्धी समस्या कम गर्छ ।

भिटामिन सी को मुख्य स्रोत

भुँईकटहरमा भिटामिन सी भरपुर मात्रामा रहन्छ । यसले हाम्रो स्वास्थ्यको रक्षाको लागि काम गर्छ । हाम्रो शरिरमा रहेका रोगको किटाणुहरुसंग लड्नको लागि पनि सहयोग गर्छ ।

तौंल घटनाउनमा सहयोग

भुँईकटहर पानीको एउटा राम्रो स्रोत हो । दैनिक रुपमा एक गिलास भुँईकटहरको जुस खाने हो भने यसमा रहेको पोषक तत्वहरुको कारण धेरै भोक लाग्ने समस्याको अन्त्य हुन्छ जसको कारण तौल कम गर्नमा सहयोग गर्छ ।

ब्लड सुगर/प्रेसर कन्ट्रोल

भुँईकटहरमा रहेको म्यागेनिजले ब्लड सुगर र ब्लड प्रेसर कन्ट्रोल गर्नको लागि सहयोग गर्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here