सुनको मूल्य यथावत, चाँदीको बढ्यो

काठमाडौं, ५ फागुन । सोमवार छापावाल सुनको मूल्य यथावत रहेको छ ।

आइतवार प्रतितोला ७६ हजार ५०० रुपैयाँ कायम भएको सुनको मूल्यमा कुनै थपघट नभई सोमवार पनि ७६ हजार ५०० नै कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

सोमवार तेजावी सुनको मूल्य पनि ७६ हजार २०० रुपैयाँ नै कायम भएको छ ।

सोमवार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढ्यो ।

आइतवार प्रतितोला ८ सय ८८ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा सोमवार ५ रुपैयाँ बढ्दै प्रतितोला ८ सय ९० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here