धितोपत्र बजारः नेप्से ३४ अंकले बढ्दा साढे २ अर्बको कारोबार

काठमाडौं, ५ फागुन । साताको दोस्रो दिनपनि धितोपत्र बजारमा उछाल देखिएको छ । सोमवार नेप्से परिसूचक ३४.२६ अंकले बढेर १ हजार ३ सय ९८.३४ अंकमा पुगेको छ । यो संख्या अघिल्लो दिनको तुलनामा २.५१ प्रतिशत बढी हो ।

सोमवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्समा पनि उछाल देखियो । आजे सेन्सेटिभ इन्डेक्स ८.०४ अंकले बढेर २ सय ९३.८६ अंकमा पुगेको छ ।

सोमवार कारोबारमा आएका सबै समुहको सूचक बढ्यो । सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक बढ्यो । ट्रेडिङ समुहको सूचक ४.९८ प्रतिशत बढ्यो । त्यस्तै, बैकिङ्ग समुहको ३.५८ प्रतिशत, जलविद्युत समहुको ३.१६ प्रतिशत बढ्यो भने अन्य समुहको पनि राम्रै अंकले बढ्यो ।

सोमवार कारोबारमा पनि वृद्धि भएको छ । आज १ सय ७५ कम्पनीको ६४ लाख ७४ हजार ७ सय ५० कित्ता शेयर २४ हजार ८ सय ५ पटक किनबेच हुँदा २ अर्ब ६८ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

सोमवार सबैभन्दा धेरै पञ्चकन्या माई हाइड्रो, राष्ट्रिय बिमा कम्पनी र एनजडी ग्रुपका शेयर धनीले कमाए । यी तिनवटै कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा नेपाल हाइड्रो डेभलपर्सका शेयर धनी छन् । नेपाल हाइड्रोको शेयर मूल्य ५.६३ प्रतिशत घट्यो । त्यस्तै, नदिप लघुवित वित्तीय संस्थाको ३.१२ प्रतिशत बढ्यो ।

सोमवार सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्ट कम्पनीले गर्यो । कम्पनीले १२ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here